कपनको ढलमा वेपत्ता बालकको शव ललितपुरमा भेटियो

कपनको ढलमा वेपत्ता बालकको शव ललितपुरमा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको कपनस्थित ढलमा खसेर वेपत्ता भएका १० वर्षिय बालकको शव ललितपुरमा भेटिएको छ । गत मंगलबार कपनस्थित ढलमा खसेका उज्ज्वल विकको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको हो ।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । शनिबार साँझ स्थानीयले बालकको शव बागमती नदी किनारमा देखेका थिए ।