क्रिकेटर अफ्रिदीले गरे माउन्टेन फ्लाइट

क्रिकेटर अफ्रिदीले गरे माउन्टेन फ्लाइट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् । कोरोना सङ्क्रमणको कारण लामो समयसम्म स्थगित माउन्टेन फ्लाइट यति एयरलाइन्सले आइतबारबाट अफ्रिदीसँगै सुरु गरेको हो ।

सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाण्डुबाट हुने उडानका दौरान हेर्न सकिन्छ । आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरूले जहाजमा स्वागत गरेका थिए ।

आज कुल ४४ जना यात्रुसहित अफ्रिदी उडानमा सहभागी भएका कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् । यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सुरु गरेको हो । उडान हरेक हत्ताको आइतबार हुने भएको छ ।