स्थायी कमिटी बैठक : केन्द्रीय कमिटीले पारित गर्ने एजेण्डाबारे छलफल

स्थायी कमिटी बैठक : केन्द्रीय कमिटीले पारित गर्ने एजेण्डाबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा केन्द्रीय कमिटी बैठकले पारित गर्ने एजेण्डाबारे छलफल भइरहेको छ ।

स्थायी कमिटी बैठक सकिएपछि गएको शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी छ । आज अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरलले केन्द्रीय सदस्यले उठाएका विषयहरूमा जवाफ दिनेछन् । महासचिव र अध्यक्षको जवाफसँगै जारी केन्द्रीय कमिटी बैठक अन्त्य हुनेछ ।

केन्द्रीय कमिटीमा माधवकुमार नेपाल छोडेर आएका नेताले १० बुँदे सहमतिको कार्यान्वयन र जिम्मेवारीका विषयमा प्रश्न उठाएका थिए । अध्यक्ष ओलीले भने त्यो विषय केन्द्रीय कमिटिको एजेन्डा बन्न नसक्ने भन्दै अस्वीकार गरिसकेका छन् ।