काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिँदैमा आत्तिनु नपर्ने बताएका छन् ।
आइतबार ललितपुरस्थिततुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग भिजन भएकाले अलिकती धक्का खाँदैमा आत्तिनुनपर्ने बताए ।
‘हामीसँग भिजन दृष्टिकोण छ । राष्ट्रियताको सवालमा, शिक्षा, स्वास्थ्यका बारेमा हाम्रो नीति प्रष्ट छ । विकासमा तीव्र गतिमा हामी अघि बढिरहेका थियौँ । अलिकति धक्का खायौँ भन्दैमा, सरकारबाट हटाइयो भन्दैमा आत्तिनु पर्ने अवस्था छैन,’ ओलीले भने।
उनले एमालेले सत्तामा रहँदा र नरहँदा राम्रो काम गरेकाले जनतामा जान हिच्किचाउन नहुने बताएका छन् । अध्यक्ष ओलीले आफूहरुले जनतासँग कसरी भोट माग्ने भन्ने अवस्था नरहेको बताए ।
‘हामीले जनतासँग कसरी भोट माग्ने? भन्ने अवस्था छैन, राम्रो काम गरेका छौँ । नराम्रो काम मात्रै गर्नेले पनि चुनावमा जान्छौँ भनिरहेका छन् । हामी किन डराउने ?,’ उनले भने ।




प्रतिक्रिया