इजरायली सेनाको आक्रमणबाट कम्तिमा ४ जना प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाको आक्रमणबाट कम्तिमा ४ जना प्यालेस्टाइनीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायली सेनाको आक्रमणमापरी कम्तिमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायलले कब्जामा लिएको वेस्ट ब्यांकस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले आक्रमण गरेको हो ।

उत्तरपश्चिम गाउँ बिद्दुका तीन जना नागरिक जेनिन सहरको दक्षिणपश्चिम क्षेत्र बर्किनका एक जना इजरायली आक्रमणमा मारिएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद हलेलीले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आक्रमणमा अर्का एक प्यालेस्टाइनी पनि मारिएको खवर प्राप्त भएपनि पुष्टि हुन बाँकी रहेको हलेलीले बताउनुभयो । दोहोरो भीडन्तको क्रममा केही इजरायली सैनिकहरु पनि घाइते भएका छन् ।

वेस्ट ब्यांकका विभिन्न स्थानमा इजरायली सेनाले केही महिनादेखि दैनिकजसो अपरेशन गर्दैआएको छ । गत महिना मात्रै जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको अपरेशनमा चार प्यालेस्टाइनी मारिएका थिए ।