काठमाण्डु – मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्ग पुन:निर्माण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको टोली बाढीले क्षेती पुर्याएको स्थानको अवलोकन गरेर फर्किएको छ ।
पदर्माग पूर्ण रुपमा संचालन गरेर पर्यटक भित्र्याउने योजना रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनको भनाइ छ ।
उनले पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिराले क्षति पुर्याएको पाइएको र मर्मतकालागि तत्कालै पहल गर्ने बताए । तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ। खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ।
माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ। बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादसैँसम्म सञ्चालन गर्ने तयारीमा छ ।




प्रतिक्रिया