एमालेमा असन्तुष्टि : बैठकबाट बाहिरिए भीम रावल

एमालेमा असन्तुष्टि : बैठकबाट बाहिरिए भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन् । १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आज बसेको केन्द्रीय कमिटी बैठकमा केहि समय बसेर निस्किएका हुन् ।

रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका नेता रावल बैठक जारी रहेकै बेला ‘बैठकमा बस्नुको चौचित्य छैन’ भन्दै बाहिरिएको एक नेताले बताए । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएका थिए ।

उनीहरुले बैठकमा नेतृत्वको निर्णय स्वीकार्न नसकिने चेतावनी समेत दिएका थिए । तर ,अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन् ।

बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो । १० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो ।

आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । यसअघि आजै बसेको स्थायी समिति बैठकमा सहभागी भएका नेता रावललाई बोल्ने समय दिइएपनि उनले आफ्नो केहि कुरा नरहेको भन्दै मौन बसेका थिए ।