काठमण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन अपुरो रहेको भन्दै उपमहासचिव घनश्याम भुसालले तीन बुँदे फरक प्रस्ताव राखेका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिस्ठानमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । ओलीले आइतबार सोही प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि भुसालले आफ्नो ३ बुँदे फरक मत पेस गरेका हुन् ।
जसमा भुसालले जवजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको उक्त प्रतिवेदनमाथि प्रश्न उठाएका हुन् ।




प्रतिक्रिया