काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसोका लागि बैठक बोलाएका हुन् ।
आजको बैठकले विभिन्न मन्त्रालयका विषयगत प्रस्तावबारे छलफल हुने र राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको स्रोतले जानकारी दियो । अध्यादेश फिर्ता नभएकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको गठबन्धनको निष्कर्ष छ ।
आइतबार बसेको गठबन्धनको बैठकले पनि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेश फिर्ता नलिई मन्त्रिमण्डल विस्तार गर्दा पार्टी फुट्ने डर नेकपा (एकीकृत समाजवादी) र जसपामा रहेको छ ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । अध्यादेशमा केन्द्रीय समितिका २० प्रतिशत सदस्य वा २० प्रतिशत सांसदले दल फुटाउनसक्ने व्यवस्था राखिएको छ ।




प्रतिक्रिया