काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । संसदको नवौँ अधिवेशनको आठौँ बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
संसदको चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरुद्ध गर्दै आएको छ ।
आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ । आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्ने तय छ ।





प्रतिक्रिया