अध्यक्ष, महासचिव जस्ता पदहरु दाबी गर्न मधेशलाई नेता देवकोटाको सुझाव

अध्यक्ष, महासचिव जस्ता पदहरु दाबी गर्न मधेशलाई नेता देवकोटाको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दिपक देवकोटाले मधेशलाई कार्यकारी पद दाबी गर्न सुझाव दिएका छन् । प्रदेश २ को जनकपुरमा आइतबार भएको प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्दै देबकोटाको मधेशलाई कार्यकारी पद दाबी गर्न सुझाव दिएका हुन् ।

परम्परगत शक्तिहरुले मुलुकको कार्यकारी पदहरुमा मधेशलाई संधै शंका गर्ने गरेको भन्दै देवकोटाले भने, ‘गणतन्त्रपछि नेपाली समाजको सोच्ने तरिकामा बदलाव आएको छ । मुलुकको पहिलो रास्ट्रपतिमा मधेशको छोरोले अवशर प्राप्त गरे ।’

मधेसले माओवादी पार्टीलाई दुःख र अफ्ठेरोमा सँधै भरोसा प्रदान गरेको भन्दै उनले अगाडी भने, ‘अखिल(क्रान्तिकारी)मा पनि तपाईंहरु अध्यक्ष महासचिव जस्ता पदहरुमा दाबी पेश गर्नुस, महिला, मधेश र बहिस्करणमा परेका सबै क्षेत्र, समुदाय र भुगोललाई राज्यको मुलधारमा स्थापित गर्ने माओवादी अभियान पुरा भइसकेको छैन ।’

कार्यक्रमलाई माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाह, नेता बिश्वनाथ शाह, महेन्द्र पाशवान, प्रदेश आन्तरिक माामिला तथा संचार मन्त्री भरत शाहलगायतका नेताहरुले सम्बोधन गरेको प्रदेश २ संयोजक सुर्यनारायण शाहले जानकारी दिए ।