एमालेको विरोधबीच बजेटसम्बन्धी विधेयक दुबै सदनबाट पारित

एमालेको विरोधबीच बजेटसम्बन्धी विधेयक दुबै सदनबाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभाको बैठकले बजेटसम्बन्धी दुई विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक पारित भएको हो ।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । तर, सभाका अध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए । दफाबार छलफलमा कुनै पनि सांसदले भाग नलिएपछि सभाध्यक्षले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ । प्रतिनिधिसभाबाट सभामुखले प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् र प्रमाणिकरण भएपछि उक्त दुई विधेयक कार्यान्वयनमा जानेछ ।