आजदेखि काठमाण्डुमा भेरोसेलको पहिलो डोज, अनलाइन फारम अनिवार्य

आजदेखि काठमाण्डुमा भेरोसेलको पहिलो डोज, अनलाइन फारम अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु जिल्लामा सोमवारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ ।

सोमबारदेखि बुधवारसम्म चल्लने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेलको पहिलो डोज दिन थालिएको हो । काठमाण्डुका १२ वटा स्थानीय तह र सात अस्पतालबाट खोप उपलब्ध हुनेछ ।

स्थानीय तहका स्वास्थ्य कार्यालय बाहेक नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप उपलब्ध हुनेछ ।

त्यसैगरी खोप लगाउन जानेहरूले अनलाइन फारम अनिवार्यरूपमा भरेको हुनुपर्ने जनाइएको छ ।