पहिलोपटक महिला डेपुटी डा. ढुंगाना कायममुकायम गभर्नरमा नियुक्त

पहिलोपटक महिला डेपुटी डा. ढुंगाना कायममुकायम गभर्नरमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकमा पहिलोपटक महिला कायममुकायम गभर्नर नियुक्त गरिएको छ । सरकारले भदौ ६ गतेदेखि राष्ट्र बैंकको कायममुकाय गभर्नरमा डेपुटी डा. निलम ढुंगाना तिम्सिनालाई नियुक्त गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएपछि अधिकारी निको भएर कार्यालय नआएसम्मका लागि डा. तिम्सिनालाई कायममुकायम बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैंकमा अहिलेसम्म कुनै पनि गभर्नर मुलुकभित्र रहँदा डेपुटीलाई कायममुकायम दिने चलन छैन । तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो । प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायममुकायम दिइने गरिन्थ्यो ।