६ मिनेटमै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक १४ गते बस्ने

६ मिनेटमै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक १४ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बस्ने भएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच बसेकाे बैठक ६ मिनेटमै सकिएको हो ।

बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा पुगिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

एमाले सांसदहरुको नाराबाजीकै बीच उनले राष्ट्रपतिको कार्यालयबाट विनियोजन विधेयक पारित भएको सम्बन्धी प्राप्त सूचना पढेर सुनाएका थिए । त्यसपछि उनले बैठक १४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

पार्टी विभाजनमा सभामुख सापकोटाको मुख्य भूमिका रहेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन् ।