मेडिकल काउन्सिल अगाडी विद्यार्थीहरुको धर्ना

मेडिकल काउन्सिल अगाडी विद्यार्थीहरुको धर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस महामारीका कारण चीनबाट नेपाल फर्किएका मेडिकल विद्यार्थीहरुले आजपनि नेपाल मेडिकल काउन्सिल अगाडी धर्ना दिएका छन् ।

इन्टर्नसिप पुरा गर्न नपाएका सन् २०१५ का ब्याच २०१६ मा भर्ना भइ अध्ययन पूरा गर्न नसकेका विद्यार्थीहरुले नेपालमै अध्ययन र इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै दिनहुँ आन्दोलन गर्दै आएका छन् । यसअघि सोमबार पनि उनिहरुले काउन्सिल अगाडी धर्ना दिएका थिए ।

आफुहरुको माग पुरा नभएसम्म आन्दोलन नरोक्ने उनिहरुले चेतावनी दिएका छन् । यता सरकारद्वारा सुझाव पेश गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको छ ।