सभापति बोगटीद्वारा विद्यालयहरूलाई माक्स वितरण 

सभापति बोगटीद्वारा विद्यालयहरूलाई माक्स वितरण 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस किस्पाङ्ग-काठमाण्डु सम्पर्क समितिका सभापति किसोर बोगटीले नुवाकोट किस्पाङ गाउँपालिका सम्पूर्ण विद्यालयहरूलाई माक्स वितरण गरेका छन् ।

गत शनिबार नेपाली कांग्रेस किस्पाङ्ग पालिका अधिवेशन सकिए लगत्तै सभापति बोगटीले वडा न. ३ का सभापति कर्ण बहादुर तामाङलाई विरतरणको जिम्मेवारी सुम्पिँदै मास्क हस्तारण गरेका हुन् ।

वडा सभापतिलाई माक्स हस्तान्तरण गर्दै बोगटीले  भने, ‘कोभिड-१९ पश्चात् गाउँका विद्यार्थीहरू कोरोना महामारीबाट प्रभावित भएका छन् र हालै विद्यालयहरू सञ्चालनमा आए लगत्तै थप सुरक्षाका मापदण्डहरू अपनाउंदै पढाईलाई अधि बढाउनु पर्ने अवस्था छ । गाउँका विद्यार्थीहरूलाई र शिक्षकहरूलाई केही राहत होस् भन्ने उद्देश्यले मैले माक्स वितरण गर्न गरेको हुँ ।’

यता वडा सभापति तामाङले उक्त जिम्मेवारीलाई ग्रहण गर्दै सम्पूर्ण स्कुलका व्यवस्थापन समितिका प्रतिनिधिहरूलाई सम्पर्कमा राखी आवश्यक माक्स पठाउने बताए । बोगटीले ती माक्सहरु महामारीकाे बेला आफ्नै फ्याक्ट्रीमा उत्पादन गरेका थिए ।