स्याङ्जाका २१ वर्षीय किशोर २१ दिनदेखि वेपत्ता

स्याङ्जाका २१ वर्षीय किशोर २१ दिनदेखि वेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ – स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि वेपत्ता भएका छन् ।

वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएकाे उनकी आमा विमया सार्कीले जानकारी दिइन् ।

दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताइन् ।

‘सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन,’ विमयाले भनिन्, ‘छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर ग¥यौँ तर केही मेसो आएको छैन ।’

भाइको खोजीका लागि फेसबुक, रेडियोहरुमा सूचना बजाएको दिदी लच्छिमाले बताइन् । कोही कसैले देखेको छ कि कतै छ कि भनेर भाइको फोटो छापेर ठाउँठाउँमा पोष्टर बनाएर टाँसेको दिदी लच्छिमा बताउछिन् ।

‘भाइ हराएको यत्तिका दिन भयो कहाँ के गर्दै होला, जिउँदो छ/छैन, खोजी कार्य जारी राखेका छौँ तर केही पत्तो लागेको छैन,’ दिदी लच्छिमाले भनिन्, ‘भाइको बाटो हेरेर परिवार चिन्तामा तड्पिएका छौँ ।’ स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या उनमा छ ।

अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको, दाँत किराले खाएको र आँखा रातो भइरहने समस्या राजकुमारमा छ । खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरुमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको दिदी लच्छिमाले बताइन ।