‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिन मातृका यादवको माग

‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिन मातृका यादवको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् ।

सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा बोल्दै सांसद यादवले लिभिङ टुगेदरलाई कानुनी रुपमा दर्ता गर्नुपर्ने बताएका हुन् ।

लिभिङ टुगेदरको विषयलाई क्लियर गर्नुपर्ने भन्दै उनले भने, लिभिङ टुगेदर अस्थायी बिहे हो । यसको पनि दर्ता गरिनुपर्छ । चोरी–चोरीकन बस्छन् र अपराध हुन्छ ।’

त्यस्तै सांसद यादवले मधेसमा विवाहको उमेर पनि घटाउनुपर्ने माग गरे । ‘पहाडमा त के हो के हो ! हाम्रो मधेसमा त गरिबी छ । त्यसैले मधेशमा चाहिँ विवाहको उमेर घटाउनैपर्छ,’ उनले भने ।

मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।