नेताहरुको कार्यविभाजन गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

नेताहरुको कार्यविभाजन गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय नेताहरुको कार्यविभाजन गर्न बिहीबारका लागि बैठक बोलाइएको समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो ।

यसअघि सो पार्टीको केन्द्रीय कमिटी बैठक बसेर पदाधिकारी चयन गरेको थियो । उनीहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको महासचिव भुसालले बताए ।