प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वास लिँदै

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वास लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदैछन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेकाले मुख्यमन्त्रीले सहजै विश्वसाको मत पाउने अवस्था छ ।

१०४ प्रदेश सभा सदस्य रहेको प्रदेशसभामा सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन् । विश्वासको मत पाउनका लागि ५३ मत आवश्यक पर्छ ।