१४औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन : नेता सिंह

१४औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन : नेता सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व कमजोर नेताको हातमा पुगेको बताएका छन् ।

कांग्रेस काठमाण्डु महानगर कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिन बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले १३औं महाधिवेशनपछि पार्टीको नेतृत्व कमजोर नेताको हातमा पुगेको बताएका हुन् । यसैकारण कांग्रेस कमजोर भएको र कम्युनिस्टहरूको मनोबल बढेको दबी उनले गरे ।

‘पटकपटक प्रतिनिधिसभा किन विघटन भयो । १३औं महाधिवेशनपछि कांग्रेसको नेतृत्व कमजोर नेताको हातमा पुगग्यो । त्यसैको परिणाम स्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ,’ उनले भने, ‘अब १४औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन ।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै नेता सिंहले यस्तै अवस्था रहे केही दिनपछि कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने टिप्पणी गरे ।