मन्त्रीको टुंगो लगाउन एकीकृत समाजवादीले बोलायो बैठक

मन्त्रीको टुंगो लगाउन एकीकृत समाजवादीले बोलायो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समावजादी पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीका विषयमा छलफल हुने उनले बताए । एकीकृत समाजवादीको भागमा चार मन्त्रालय परेको छ । उसले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।

एकीकृत समाजवादीमा नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङलगायत मन्त्रीका आकांक्षी हुन् ।