काठमाण्डु – नेकपा एमालेले सार्वजनिक गरेको नयाँ लोगो विवादमा परेको छ । केही दिनअघि ललितपुरको गोदावरीस्थित सनराइज केन्द्रमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको हो ।
एमालेको परिवर्तित नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । एमालेको परिवर्तित नयाँ लाेगोमा सूर्यभित्र गोलाकार हँसिया हथौडा राखिएको छ ।
त्यसअघि गोलो घेराभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो ।यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले दावी विरोध गर्न सकिने बताए । समान्यतया एक पार्टीको चुनाव चिन्ह अर्को पार्टीले राख्न पाइँदैन ।
नेता गुरुङले यससम्बन्धी पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको बताए । हाल एमालेले सार्वजनिक गरेको लागो तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको थियो ।
उक्त लोगोलाई थोरै परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको हो । तत्कालिन नेकपाले प्रयोगमा ल्याएको लोगो अहिले एमालेले एकलौटी आफ्नो लोगो बनाएपछि माओवादीका नेता कार्यकर्ता आक्रोशित बनेका छन् । माओवादीले यसबारेमा कानुनी उपचार खोज्ने तयारी समेत गरेको छ ।




प्रतिक्रिया