काठमाण्डु – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । केहिबेरअघि बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
गठबन्धन दलबीच बुधबार नै मन्त्रालय बाँडफाँडमा लगभग सहमति भइसकेको छ । जसमा काँग्रेसलाई ७, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४–४ मन्त्रालय पाउने गरी छलफल भएको थियो ।
गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
आफुले दाबी गर्दै आइरहेको मन्त्रालय संख्या नपाएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने असन्तुष्ट छन् ।




प्रतिक्रिया