काठमाण्डु – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।
बालुवाटारमा मन्त्रिपरिषद्लाई पूर्णता दिन बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट अध्यक्ष नेपाल बाहिरिएका हुन् । पार्टीको बैठक जारी रहेकाले उनी आफ्नो कुरा राखेर उक्त बैठकबाट निस्किएका अध्यक्ष नेपाल निकट स्रोतले बताएको छ ।
अध्यक्ष नेपाल बैठकमा साढे दुई घण्टा बसेका थिए । नेपाल बाहेकका नेताहरु भने बालुवाटारमै बसिरहेका छन् । गठबन्धन दलबीच बुधबार नै मन्त्रालय बाँडफाँडमा लगभग सहमति भइसकेको छ । जसमा कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४–४ मन्त्रालय पाउने गरी छलफल भएको थियो ।
आफुले दाबी गर्दै आइरहेको मन्त्रालय संख्या नपाएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने असन्तुष्ट छन् ।




प्रतिक्रिया