दुई मुख्यमन्त्रीसहित एकीकृत समाजवादीलाई चार मन्त्रालय, कुन-कुन परे ? (सूचीसहित)

दुई मुख्यमन्त्रीसहित एकीकृत समाजवादीलाई चार मन्त्रालय, कुन-कुन परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले दुई मुख्यमन्त्रीसहित चार मन्त्रालय पाउने भएको छ । यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको एकीकृत समाजवादीले प्रदेश १ र बागमतीको मुख्यमन्त्रीसहित चार मन्त्रालय पाउने भएको हो ।

आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी दिएका हुन् । संघीय सरकारमा नेकपा एसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास मन्त्रालय पाउने भएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपाल आफुले दाबी गरेको मन्त्रालय संख्या नपाएको भन्दै असन्तुष्ट बनेपछि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुई प्रदेशको मुख्यमन्त्री दिने सहमति गरेको हो ।