माओवादी र समाजवादीले टुंगायो मन्त्रालय र मन्त्रीको नाम,शुक्रबार ४ बजे सपथ

माओवादी र समाजवादीले टुंगायो मन्त्रालय र मन्त्रीको नाम,शुक्रबार ४ बजे सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । समाजवादीबाट सांसद विरोध खतिवडाले समाजवादीबाट सरकारको नेतृत्व गर्ने निर्णय भएको छ ।

उनलाई शहरी विकास मन्त्रीमा पठाउने निर्णय अध्यक्ष माधव नेपालले गरेका छन् । त्यसैगरी रामकुमारी झांक्री स्वास्थ्य,प्रेम आले संस्कृति,पर्यटन तथा नागरिक उडयन र किसान श्रेष्ठ श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा शुक्रबार सपथ खांदैछन् । समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने भएको छ ।

यता माओवादीबाट भने उर्जामन्त्री पम्फा भुसालले सरकारको नेतृत्व गर्ने भएकी छन् । माओवादीबाट सरकारमा सहभागी हुन लागेका देवेन्द्र पौडेलले शिक्षा,शशि श्रेष्ठ खानेपानी र महेश्वर गहतराज भुमिसुधारमन्त्रीका रुपमा सपथ खाने टुंगो लागेको छ ।

नवनियुक्त मन्त्रीहरुको शुक्रवार सांझ ४ बजे सपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ । हाल स्वास्थ्यराज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने तयारी छ ।