काठमाण्डु – परराष्ट्रमन्त्री डा. नारायण खड्का सर्विया जाने भएका छन् । मन्त्री खड्का सर्वियामा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागी हुन आज सर्वियातर्फ प्रस्थान गर्न लागेका हुन् ।
उक्त बैठकमा १२० भन्दा बढी असंलग्न परराष्ट्र नीति अख्तियार गरेका राष्ट्रका परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री खड्काको सचिवालयका अनुसार उनी राति ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वियातर्फ प्रस्थान गर्नेछन् ।
मन्त्री खड्कासँगै निजी सचिव शिवानी बस्नेत, सहसचिव सेवा लम्साललगायत टोलीमा सहभागी हुनेछन् ।




प्रतिक्रिया