काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन् ।
शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका उनले राष्ट्रपतिसँग परामर्श गर्नका लागि शीतल निवास पुगेको स्रोतले जानकारी दियो ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डललार्य पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।




प्रतिक्रिया