गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट’

गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दरबारमार्ग्स्थित रोयल साइनो रेस्टुँरामा आइतबार सांझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ ।

दुई समूहमा विभाजित अधिकृतहरुबीच मुक्का प्रहार र हात हालाहाल समेत भएको थियो । प्रहरी नायब उपरीक्षक (डीएसपी) उप–अनुसन्धान निर्देशकबाट प्रहरी उपरीक्षक (एसपी) सह–अनुसन्धान निर्देशकमा बढुवा हुने विषयमा दुई समूह ठूलै विवाद भएपछि हात हालाहालको स्थिति बनेको थियो ।

स्रोतका अनुसार उप–अनुसन्धान निर्देशकद्वय सुरेन्द्र कोइराला र टेकराज तिमल्सिनाको समूहबीच हात हालाहाल भएको थियो । आईतबार सांझको घटना हो’, स्रोतले भन्यो– ‘त्यो सांझ पनि सधैंझैं हाम्रो नियमित झमघट थियो, मादक पदार्थ सेवन गर्न थालेपछि सरहरुले बढुवाको कुरा निकाल्न थाल्नुभयो, बढुवामा तँभन्दा म नै योग्य छु भन्दै हात हालाहाल भएको हो ।’

गृह मन्त्रालय स्रोतका अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका बेला विशेष सेवा ऐन केही घन्टाका लागि संशोधन गरेर कोइराला, तिमल्सिनासहित अन्य केहीलाई प्रहरी निरीक्षक सरह अनुसन्धान अधिकृत तहमा छड्के भर्ना गरिएको थियो ।

विभागमा भर्ना हुनु अघि कोइराला वैदेशिक रोजगार सिलसिलामा पटक–पटक खाडी मुलुक ओहोरदोहोर गरिरहन्थे भने तिमल्सिना शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न थिए । यो खबर आजको समाचारपत्रमा छ ।