एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।
चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ‘गौरवशाली परम्परा’ रहेको चेतावनी दिँदै उनले एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने उल्लेख गरेका छन् ।
सीको भनाइको प्रतिउत्तरमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य आफ्ना सर्वसाधारणहरूको हातमा रहेको जनाएको छ । ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्छ तर चीनले भने उसलाई आफ्नो विद्रोही प्रान्तका रूपमा हेर्छ ।




प्रतिक्रिया