काठमाण्डु – नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
लक्ष्मण रायमाझीले २०४६ सालमा रेकर्ड गरेको यो गतले हरेक वर्ष नेपालीहरूको महान चाड बडादशैँमा स्वागत गर्दछ । ३० वर्षभन्दा पुरानो यो गीत आज पनि उत्तिकै लोकप्रिय छ । बर्स र दिनको रमाइलो पर्व गाउँ घरमा आइपुग्यो, नेपाली जनको महान पर्व आगनमा आइसक्यो , यस्तै यस्तै गितहरू रेडियोहरूमा बज्न थालिसके ।
मौसमले पनि घमाइलो पारामा दशैँ आँगनमै आएको संकेत गरेको छ । सहरबजार गाउँघर जताततै दशैँको रौनक छ । सहरबजारमा बस्नेहरू गाँउ फर्किएका छन् । विदेशमा रहेका नेपाली पनि दशैँ मान्न स्वदेश आएका छन् । सामाजिक सञ्जालहरूपनि पारिवारीक तस्वीरले भरिएका छन् । तर विदेशमा रहेका छोराछोरी नआउँदा कतिपय अभिभावकहरू भने ‘आफ्ना’ सन्तान सम्झेर भक्कानिरहेका छन् ।
सुनसरी रामधुनीभासी नगरपालीकाकी लक्ष्मी देवी घिमीरे जापानमा रहेकी आफ्नी छोरीलाई सम्झेर आशु खसालीरहेकी छन् । छरछिमेकमा प्रदेसीहरू आएको देख्दा उनको मन नै भारी हुन्छ । गएको दुई बर्स अध्ययननका कारण त त्यसपछि कोरोनाका कारण उनकी छोरी उमा यो बर्ष पनि दशैँमा नेपाल आउन पाइनन् । गाउँघरतिर दशैँको रौनक छ भने दक्ष्मी देवीको मनमा छोरीलाई भेट्ने तिब्र इच्छा ।
‘सबै सन्तान चाडबाडमा त आफ्नै वरिपरि होउन भन्ने लाग्छ । तर, के गर्नु अर्काको देशमा गएपछि भनेको बेला आउन नपाइने रहेछ,’ मन अमिलो बनाउँदै लक्ष्मीले टेलिफोनमा भनिन्, ‘सबैका छोराछोरी घर आउँदा हाम्री (छोरी)पनिघर आइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ आँगन नै सुन्ने भएको भन्दै आँखा भरी आँसु बनाइन् । यता काठमाण्डुको नागार्जुन नगरपालिका वडा नम्बर ६ का देवेन्द्र कार्कीलाई चाडबाड नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।
काखका छोराछोरी बिनाको दशै के मनाउनु जस्तो लागेको उनले सुनाए ।अध्ययनकालागि अस्ट्रेलिया पुगेका उनका छोराछोरी कोरोनाका कारण उतै अड्कीएका छन् । दशैं मान्न विदेशीएकाहरू नेपाल फर्किएको देखेर उनलाई पनिलाई पनि रहर लाग्ने रहेछ – मेरा पनि छोरा छोरी आईदिए ! तर, सोचेजस्तो देवेन्द्रले वास्तविकता पाएनन् ।
उनले आफ्नो अनुभव यसरी सुनाए, ‘कोरोनाका कारणले चाहेर पनि परिवारसँग रहने अवस्था रहेन । विदेशमा पनि अनुकूल नहुँदा भेट्ने मौका मिल्दोरहेनछ । म पनि विदेशमा १४ १५ वर्ष बसें । चाडबाड आउँदा । झोला टिपेर गइहालौं जस्तो लाग्थ्यो । आफूले पनि त्यही अवस्था पार गरेर आइयो । अरूका नानी बाबुहरू आउँदा आफ्नो बच्चा पनि आइदिए जस्तो लाग्दो रहेछ । त्यो बेला चाँही एक दमै नरमाइलो लाग्छ ।’
यस्तै सुनसरीकी पार्वती दाहालले पनि श्रीमानसँग दशैँ मान्न नपाएको पाँच वर्ष भएछ । परिवारको आर्थिक अवस्था सुधार्न मलेसिया गएका पार्वतीका श्रीमान नेपाल आउन नपाएको पाँच वर्ष भएको रहेछ । उनका श्रीमान कोरोना भाइरसको महामारीका कारण नेपाल आउन नपाएको गुनासो गरीन् ।
दुई छोराछोरीसहित सुनसरीमा बसोबास गर्दै आएकी पार्वती अरू समय बाहिर भएपनि चाडबाडको समयमा परिवारसँगै भएको चाहान्छिन् । तर, बिडम्बना देशको अर्थ व्यवस्था सुधार गर्न महत्वपूर्ण मानिएको वैदेशिक रोजगारीले धेरैको खुसी खोसेको छ ।
‘छिमेकीले स–परिवारसहित खुसीयाली मनाएको देख्दा आफूलाई पनि रहर लाग्छ । एउटा खुसी किन्दा अर्को खुसी गुमाउनुपर्ने रहेछ,’ निरास हुँदै पार्वतीले टेलिफोनमा भनिन् । वैदेशिक रोजगारीमा जानेहरू भन्ने गर्छन्, ‘वैदेशिक रोजगारीले आर्थिक अवस्था सुधार गर्न सकिएला तर, खुसी किन्न नसकिने रहेछ ।’ चाडबाड नजिकिँदै गर्दा विगतले झन् पिरोल्ने गर्छ । छोराछोरी विनाको पर्व सम्झदा स्वाभाविक रूपमै मन कुडिन्छ नै । त्यसैले त उनीहरूलाई चाडवाड कहिल्यौ नआइदिएजस्तो लाग्छ ।




प्रतिक्रिया