प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड, विपद् केलाई भन्ने ?

प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड, विपद् केलाई भन्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पहिरो र बाढीलगायत विपद्मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयां जम्मा भएको छ ।

अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयां निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो ।
त्यसअघि कोषमा २ अर्ब १६ करोड रुपैयां थियो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुुसार कोषले दैवी प्रकोपका घटनामा आर्थिक सहायता दिन तथा प्रकोपमा परेका व्यक्तिको उद्धारका लागि सोही कोषबाट गृह मन्त्रालयलाई रकम उपलब्ध गराउने छ विपद् केलाई भन्ने ?

– महामारी, भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, शीतलहर, हिमपात, हिमपहिरो, आँधी, असिना पानी, हिमताल विस्फोट आदि
विपदको आँकडा

– हरेक वर्ष ५ सय बढी घटना

– हरेक वर्ष ९ सय जनाले ज्यान गुमाउने

– हरेक वर्ष ६ लाख ४० हजार व्यक्ति प्रभावित

– हरेक वर्ष ३० हजार घर क्षतिरनोक्सान

– ४५ वर्षमा ४० हजारको ज्यान गयो

– नेपाल बाढी र पहिरोको हिसाबले ३० औं जोखिम मुलुकमा

–१९७१ देखि २०१५ सम्म पहिरोमा परेर ४,८३२ को ज्यान गयो

–१९७१ देखि २०१५ सम्म बाढीमा परेर ४,३४४ को ज्यान गयो।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।