काठमाण्डौं– प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएकै दिन शेयर बजारमा सकरात्मक असर देखा परेको छ ।
पहाड र हिमालका ३२ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकै दिन शेयर बजार २१ दशमलव ०५ अंकले बढेर १५ सय १४ दशमलव ३४ अंकमा पुगेको छ ।
कारोबार भएकामा ब्यापार समूहबाहेक अरु सबै समूहको परिसुचक बढेपछि नेप्से पनि २१ दशमलव ०५ अंकले बढेको हो । आईतबार झण्डै ६० करोडको कारोबार भएको दिन स्टान्डर्ड चार्टर बैंकको मात्रै ६ करोड ८६ लाख रुपैयां बराबरको शेयर किनबेच भएको छ ।
नेपाल लघुवित्त र कर्णाली विकास बैंकका शेयरधनीले आईतबार १० प्रतिशत कमाएका छन् भने बिशाल बजार कम्पनी लिमिटेडको शेयर धनीले ५ प्रतिशत गुमाएका छन् ।
कारोबार भएका मध्ये धेरै जसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार बढेको हो । चुनाव शान्तिपूर्ण रुपमा चलिरहदा लगानीकर्ता आशावादी भएर शेयर किन्न हौसियपछि बजार बढेको शेयरविज्ञहरुको दाबी छ ।




प्रतिक्रिया