१९५० को सन्धिः खुला सीमाबारे विवाद के हो ?

१९५० को सन्धिः खुला सीमाबारे विवाद के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक शुक्रबार बस्दै छ । इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ ।तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ ।

खुला सीमाबारे विवाद के हो ?

गत २१ र २२ असोजमा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको थियो । नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउन दुवै पक्ष सहमत भएका थिए ।

तर, अन्तिम टुंगो भने लागेको थिएन । मोदीले पछिल्लो नेपाल भ्रमणमा खुला सिमानाका पक्षमा खुलेर बोलेका थिए । नेपालले सीमा नियमन गर्न चाहे पनि भारतले नचाहेको अर्थमा लिनुपर्ने इपिजी नेपाल पक्षका सदस्यहरूको बुझाइ छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।