काठमाण्डु – एक पछि अर्को विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कार गर्ने चेतावनीकै बीचमा उनले आफुबाहेकका १० इजलास गठन गरेका हुन् ।
उनले ९ वटा संयुक्त र एउटा एकल इजलास गठन गर्दै सोमबारको पेसी तोकेका छन् । न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका हुन् ।
जवराको विपक्षमा उभिएका १४ न्यायाधीशले आजको इजलास पनि बहिस्कार गर्ने निर्णय गरेका छन् । यसअघि उनीहरुले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । न्यायाधीशहरुले जवराले आजका लागि बोलाएको फुलकोर्टको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।




प्रतिक्रिया