१४ न्यायाधीशको ‘एक्सन’ पछि अन्योलमा बार

१४ न्यायाधीशको ‘एक्सन’ पछि अन्योलमा बार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले ‘एक्सन’ लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार बिहान ११ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा नेपाल बारले अहिले देखिएका सबै विवाद फुलकोर्टमा छलफल गर्ने, गोलप्रथाबाट पेसी तोक्ने प्रक्रिया सुरु गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि वितरणको प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति गरेको थियो । तर, १४ जना न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेपछि बार अलमलमा परेको छ। फुलकोर्ट बस्ने नबस्ने पनि टुंगो छैन। सर्वोच्चका १४ न्यायाधीशहरूको बैठक पनि ११ बजे बस्दैछ ।

यस्तै, सर्वोच्च अदालत बारले न्यायलयमा देखिएको विवादका विषयमा छलफल गर्न बिहान ११ बजे बैठक राखेको सदस्य अनन्तप्रसाद भट्टराईले जानकारी दिए।