काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भैरहेको छ ।
जुन आइतबारको भन्दा ३ सयले उकालो लागेको हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया