न्यायाधीशले गरे बेन्च बहिष्कार, सबै मुद्दाको सुनुवाइ रोकियो

न्यायाधीशले गरे बेन्च बहिष्कार, सबै मुद्दाको सुनुवाइ रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाएका १४ न्यायाधीशले सर्वोच्च अदालतको बेन्चसमेत बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध मोर्चाबन्दी गरेका न्यायाधीशहरूले सोमबार तोकिएका इजलास बहिस्कार गर्दा कुनै मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश जवराले आजका लागि एकल संयुक्त र पूर्ण गरी सातवटा इजलास तोकेका थिए । तर कुनै पनि इजलासमा मुद्दाको सुनुवाइका लागि न्यायाधीश पुगेका छैनन् ।

उनीहरुले आइतबार ‘फूल कोर्ट’ बहिष्कार गर्ने घोषणा गरे पनि मुद्दाको सुनुवाइ गर्ने बताएका थिए । तर हालसम्म कोही पनि न्यायाधीशरु मुद्दाको सुनुवाइका लागि इजलासमा नगएपछि सबै मुद्धाको सुनुवाई रोकिएको छ ।

सोमबार दिउँसो साढे १ बजे बसेको ‘फूल कोर्ट’ समेत बहिष्कार गरेका न्यायाधीशहरूको अलग्गै बैठक अहिले सर्वोच्च अदालतमा जारी छ ।
असन्तुष्ट १४ न्यायाधीशहरुको बैठक अहिले पनि न्यायाधीश मीरा खड्काको च्याम्बरमा जारी छ ।

उनीहरु सबैजना अहिलेसम्म पनि मीरा खड्काकै च्याम्बरमा छलफलमा जुटेका छन् । सर्वोच्चका पाँचजना न्यायाधीश भने काठमाण्डु बाहिर छन् ।