काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग्ने निर्णय गरेका छन् ।
प्रधानन्यायाधीश जवराविरुद्ध मोर्चाबन्दी गरेका १४ न्यायाधीशको बैठकले जवराको राजीनामा माग्ने निष्कर्ष निकालेको हो । स्रोतका अनुसार न्यायाधीशहरूले भोलि ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर राजीनामा माग्ने तयारी गरेका हुन् ।
राजनीतिक दलका नेताले जस्तै प्रधानन्यायाधीशले पनि भाग खोजेपछि न्यायालय विवादमा परेको भन्दै उनीहरुले प्रधानन्यायाधीशले राजीनामा दिनु नै एकमात्र विकल्प भएको निष्कर्ष निकालेका हुन् ।
सोमबारका लागि प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बैठक बहिस्कार गरि न्यायाधीशहरू आफ्नो छुट्टै बैठकमा केन्द्रित भएपछि सोमबार सर्वोच्च अदालतका सबै इजलास समेत प्रभावित भएका छन् ।




प्रतिक्रिया