काठमाण्डु – नेपाली बजारमा आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाले घटेको छ । बुधबार ९१ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला पाँच सय घटेर ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ ।




प्रतिक्रिया