मंगलबार सुनको मूल्य ९५ हजार नजिक

मंगलबार सुनको मूल्य ९५ हजार नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेर प्रतितोला ९५ हजार नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० पुगेको हो । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि ९४ हजार ३०० पुगेको छ । आज यता चाँदीको मूल्य पनि प्रतितोला १० ले उकालो लागरे प्रतितोला १ हजार २९० मा कारोबार भइरहेको छ ।