बूढीगण्डकी आयोजना फेरि चिनीयाँ कम्पनीलाई दिइने

बूढीगण्डकी आयोजना फेरि चिनीयाँ कम्पनीलाई दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए ।

उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने जानकारी दिएका छन् । १२ सय मेगावाट क्षमताको यो आयोजना विगतमा प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने विवादास्पद निर्णय गरेको थियो ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको हो ।यो समाचार आजको कारोबारमा छ ।