नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन् : माधव नेपाल

नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन् : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बलियो भएको बताएका छन् । बुधबार जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी बलियो भएको देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका हुन् । उनले आफ्नो पार्टी नेकपा एमाले भन्दा कमजोर नभएको दाबी गरे ।

‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ । राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकोटालाई जिताएका छौं’, अध्यक्ष नेपालले भने, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं ।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘म आफैं मधेसमा जन्मेको हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’