काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई आज बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबैपक्षसंग छलफल गरेर निर्णय लिने जवाफ दिएको बिषयमा संबन्धित निकायमा परामर्स गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बताइन् ।
मूल्य वृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गर्ने आश्वासन दिए ।
ज्ञापन–पत्रमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकरी) अध्यक्ष प्रकाश शाही ,मोहन बैध्य निकटअखिल (क्रान्तिकारी )अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् । मूल्य वृद्धिको विरोधमा देशका विभिन्न ठाउँमा विद्यार्थी संगठनहरु दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।




प्रतिक्रिया