प्रदिप यादव जसपामै रहने, उपेन्द्र यादव एक्लिदै

प्रदिप यादव जसपामै रहने, उपेन्द्र यादव एक्लिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जनता समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवलाई पार्टीले निष्कासन नगर्ने भएको छ । मन्त्री बन्न नपाएर पार्टी विरोधी गतिविधी गरेको आरोप लागेका सांसद यादवलाई पार्टीबाट निष्कासन गर्ने प्रस्ताव केन्द्रीय कार्यकारीणी समितीमा उठेको थियो । केन्द्रीय कार्यकारीणी समितीको बैठकमा यादवको पक्षमा बहुमत जुटेपछि यादवको कारवाही जोगिएको हो ।

सांसद यादवलाई पार्टीको साधारण सदस्यता समेतबाट ६ वर्षको लागि निष्कासित गर्ने प्रस्ताव राखेका अध्यक्ष उपेन्द्र यादव आफै घेराबन्दीमा परेका छन् । यादवलाइृ कारवाही गर्ने प्रयास पटक पटक राख्दा समेत उपेन्द्रले उक्त प्रस्तावमा सहमति जुटाउन सकेनन् । उपेन्देरको पक्षमा जम्मा तीन जना कार्यकारिणी सदस्य थिए। प्रदीप यादवलाई पार्टीको साधारण सदस्यताबाट निष्कासित गर्ने प्रस्तावमा संघीय मंत्री रामसहाय यादव,प्रदेश दुईका मंत्री विजय यादव र कार्यकारिणी सदस्य रकम चेम्जोंग मात्रै उपेन्द्रको समर्थनमा उभिए ।

हिजो अबेर राति सम्म चलेको पार्टी कार्यकारिणीको बैठकले सांसद यादवलाई केन्द्रीय समिति सदस्यबाट मात्रै हटाउने निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेता डा बाबूराम भट्टराई, अशोक राई, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत, संघीय मंत्री रेणु यादव, इस्तियाक राई, राजपा छोडेर आएका महिन्द्र राय यादव, रामनरेश राय, नवलकिशोर साह, मृगेन्द्र यादव, राजकिशोर यादव समेत सबैले प्रदीपको पक्षमा बोले पछि उपेन्द्र यादव पछाडि हट्न बाध्य भएका हुन् ।

उपेन्द्र यादवको अडान पछि रेणु यादव बैठक बीचमै छोडेर हिनेकी थिइन । इस्तियाक राईले उपेन्द्र यादवलाई प्रदीप यादवलाई पार्टीबाट निष्कासित गरिए पार्टी नै विभाजन गर्ने चेतावनी दिएका थिए । संघीय परिषद अध्यक्ष डा बाबूराम भट्टराई लाई समेत बाईपास गरि आफू खुशी निर्णय गर्ने परिपाटीको विरोध गर्दै उपेन्द्र यादवको विपक्षमा रहेका अधिकांश सदस्यले डा भट्टराईलाई पनि कार्यकारी अधिकार सहितको अध्यक्षको भूमिका दिन प्रस्ताव राखेका छन । यो प्रस्ताव बारे अर्को बैठकमा छलफल हुने बताइएको छ ।