बैंकक – थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान-ओ-चालेले थाइल्यान्डको डिजिटल रूपान्तरण र महामारीपछिको रिकभरीमा ह्वावेको निरन्तर सहयोग रहेकाे बताएका छन् । बिहीबार जनरल प्रयुत चान-ओ-चालेले ह्वावे टेकनोलोजिजका सीइओ रेन झेङ्फेईसँग भर्चुअल बैठकमा उक्त कुरा बताएका हुन् ।
जनरल प्रयुतले त्यस्तै थाइल्यान्ड ४.० रणनीति र डिजिटल प्रतिभा उत्पादनलाई प्रवर्द्धन गर्न ह्वावेसँगको सहकार्यलाई अझ सुदृढ पार्ने बताएका थिए ।
जनरल प्रयुत र रेनले कसरी डिजिटल प्रतिस्पर्धालाई सुदृढ गर्ने र थाइल्याण्डमा आइसीटी प्रतिभाको लागि बलियो आधार निर्माण गर्ने बारे विचार आदानप्रदान समेत गरे । जनरल प्रयुतले थाइल्यान्डको आर्थिक लचिलोपन र दिगोपनलाई समर्थन गर्न उन्नत आइसीटी प्रविधि र डिजिटल आविष्कारले खेल्ने महत्त्वपूर्ण भूमिकामा जोड दिँदै भने, “ह्वावेले थाइल्याण्डको महामारी र डिजिटल रूपान्तरण विरुद्धको लडाइमा ठूलो योगदान दिएको छ ।
रेनले थाई सरकारको ह्वावेमा विश्वासको लागि कृतज्ञता व्यक्त समेत गरे । रेनले भने, “ह्वावे र थाइल्याण्डले एक बलियो डिजिटल पूर्वाधार आधार निर्माण गर्न मिलेर काम गरिरहेका छन् । भविष्यमा हामी थाइल्याण्डका प्रमुख उद्योगहरूमा विशेष गरी पोर्ट र एयरपोर्ट परिदृश्यहरूमा डिजिटल प्रविधिहरूको एकीकरणलाई गति दिन तत्पर छौं ।”
“हामीलाई थाइल्याण्डको सफल डिजिटल रूपान्तरण र प्रतिभा विकासमा दृढ विश्वास छ । हाम्रो स्थानीय टोलीले थाई ग्राहक र साझेदारहरूसँग मिलेर काम गर्नेछ जसले प्रविधि सोलुसनहरूको साथ देशको सामाजिक र आर्थिक विकासको सेवा गर्नेछ,” रेनले भने ।
आशियन डिजिटल हब बन्ने थाइल्याण्डको डिजिटल ब्लुप्रिन्ट तर्फ ह्वावे र थाइल्याण्डले दुई प्रमुख क्षेत्रमा नजिकबाट सहकार्य गर्दै आएका छन् ।
पहिलो, थाइल्याण्ड ४.० रणनीति अनुसार ह्वावेले आफ्ना ग्राहकहरूसँग थाइल्याण्डको डिजिटल रूपान्तरण र आइसीटी पूर्वाधार इनोभेसनलाई गति दिन काम गरेको छ ।
फाइभ जी क्लाउड र एआईको अवलम्बन मार्फत ह्वावे र यसका उद्योग साझेदारहरूले थाइल्यान्डका प्रमुख क्षेत्रहरूलाई सक्षम बनाउँदै छन् र स्वास्थ्य सेवा, शिक्षा, यातायात, ई-सरकार र स्मार्ट सिटी लगायत धेरै क्षेत्रहरूमा थाइल्याण्डको दीर्घकालीन सामाजिक आर्थिक विकास र डिजिटल इकोसिस्टमलाई बलियो बनाउन रोमाञ्चक अवसरहरू सिर्जना गर्दै छन् ।
यी कार्यहरूमध्ये स्मार्ट पोर्ट र एयरपोर्टहरू ह्वावे र थाइल्याण्डका लागि महत्वपूर्ण सम्भावित सहयोग क्षेत्र हुन् । रेनले चीनमा स्मार्ट पोर्ट र स्मार्ट एयरपोर्ट सोलुसनहरूमा कम्पनीको उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरे ।
जनरल प्रयुत र रेन ज्यूले थाइल्याण्डमा थप दक्ष र डिजिटल प्रतिभा उत्पादन गर्ने प्रतिबद्धतामा पनि प्रकाश पार्नुभयो । थाइल्यान्डको डिजिटल
रूपान्तरण र दीर्घकालीन विकासलाई अगाडि बढाउनका लागि दुवै जनाले सार्वजनिक र निजी क्षेत्रले सबैलाई फाइदा हुने खुला, साझा आइसीटी प्रतिभा इकोसिस्टम निर्माण गर्न मिलेर काम गर्नुपर्छ भन्ने कुरामा जोड दिए ।




प्रतिक्रिया