हिजो मेरा खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीको खुट्टा समातिरहेका छन् : केपी ओली

हिजो मेरा खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीको खुट्टा समातिरहेका छन् : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्री शेरबहादुर देउवाका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।

१०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको प्रधानमन्त्रीलाई समेत काम गर्न अफ्ट्यारो परेको बताए । हिजो आफुलाइृ असफल बनाउन चाहनेहरू अहिलेको सरकारलाई पनि अवरोध गरिरहेको बताए छन् । उनले भने ‘प्रधानमन्त्रीजी काम गर्न चाहनुहुन्थ्यो की ? तर मेरा खुट्टा तान्नेहरु प्रधानमन्त्री ज्युका खुट्टा समातिरहेका छन् उहालाई पनि काम गर्न गाह्रो छ की ?’ । उनले एमालेका काम हेरेर एमाले प्रवेश गर्नेको संख्या बढेको समेत बताए ।