काठमाण्डु – नेकपा एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दै छ । आज राति ८ बजे सौराहको जंगल क्राउन होटलमा बैठक बस्ने एमालेका प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिएका छन् । १० औँ महाधिवेसन अन्तर्गत बन्दसत्रको अघिल्लो दिन आज अन्तिम बैठक बस्ने बताइएको छ । महाधिवेशन अन्तर्गत भोलीबाट बन्दशत्र सुरु हुनेछ ।
भोली ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । भोली बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । नेकपा एमालेको विधान अनुसार विभिन्न ५० वटा क्लस्टरमा चुनाव गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुने छन् ।




प्रतिक्रिया